सत्ता गठबन्धनले भनेकै व्यक्ति राष्ट्रपति हुने एमाले अध्यक्ष ओलीको दावी


२७ माघ २०७९, शुक्रबार १८:५४ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सत्ता गठबन्धनले भनेकै व्यक्ति राष्ट्रपति हुने दावी गर्नुभएको छ ।

शुक्रबार संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीले राष्ट्रपति को बन्छ भन्ने प्रश्नमा ओलीले हामीले जो भन्छौ त्यही हुन्छ भन्ने प्रतिक्रिया दिनुभएको हो ।

ओलीले सुदूरपश्चिम सरकारको अवस्थामा केन्द्रमा के हुन्छ हेर्न बाँकी रहेको बताउनुभयो ।

त्यस्तै उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा गरेको सम्बोधन राम्रो भएको पनि बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here