झापा । सरकारले गुलाबको फूल आयात गर्न रोक लगाएको छ ।
प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले बिहीबार सूचना निकालेर अर्को व्यवस्था नभएसम्म आयात अनुमति पत्र जारी नगर्न काँकडभिट्टा, भण्टावारी, बिराटनगर, मलंगवा, जलेश्वर, विरगन्ज तातोपानी, एयरपोर्ट, रसुवा, भैरहवा, कृष्णनगर, नेपालगन्ज, गड्डाचौकी, लोमान्थाङ्ग र बैतडीका कार्यालयलाई गुलाबको आयात अनुमति नदिन केन्द्रले पत्र पठाएको हो ।