राष्ट्रपति भण्डारीले आज संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने


२७ माघ २०७९, शुक्रबार ०७:५८ मा प्रकाशित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसदका प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै हुनुहुन्छ । नयाँ वानेश्वरस्थित संसद भवनमा आज अपराह्न ३ बजे राष्ट्रपति भण्डारीले सम्बोधन गर्नुहुने भएको हो ।

संघीय संसद् सचिवालयका अनुसार राष्ट्रपतिले गर्ने विशेष सम्बोधनको प्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै टेबल गरेपछि संयुक्त बैठकले धन्यवादको प्रस्ताव पारित गर्ने कार्यसूची तय भएको छ ।

नेपालको संविधानको धारा ९५ मा राष्ट्रपतिले संघीय संसदको कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्नेछ भन्ने व्यवस्था रहेको छ ।

दुई कार्यकालसम्म राष्ट्रपति हुनुभएकी भण्डारीको आज हुने विशेष सम्बोधनलाई ‘बिदाइ सम्बोधन’को रूपमा हेरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here