धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले राजीनामा दिनुभएको छ । प्रदेशसभाबाट आफूले विश्वासको मत नपाएपछि सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलले राजीनामा दिनु भएको हो।
रावलले प्रदेश प्रमुख देवराज जोशीसमक्ष राजीनामा बुझाउनु भयो । सुदूरपश्चिम प्रदेशसभाबाट विश्वासको मत नपाएसंगै मुख्यमन्त्री रावल स्वत: पदमुक्त हुनु भएको थियो ।
उहाँले आफूलाई प्रदेशसभाको विश्वास छ भनेर राखेको प्रस्ताव नै प्रदेशसभाले बहुमतले अस्वीकृत गरेपछि उहाँ पदमुक्त हुनु भएको थियो । मुख्यमन्त्री रावलले प्रदेशसभामा पेश गरेको विश्वासको प्रस्ताव अस्वीकृत भएको सभामुख भीमबहादुर भण्डारीले घोषणा गर्नु भएको थियो ।
विश्वासको मत लिने समयसीमा सकिँदा समेत नागरिक उन्मुक्ति पार्टी प्रदेशसभाको बैठकमा उपस्थिति नै भएन ।