महिलामाथि हुने विभेद अन्त्य गरिनुपर्छः रामकृष्ण बराल, सभापति – मानवअधिकार तथा शान्ति समाज


२५ माघ २०७९, बुधबार १९:५१ मा प्रकाशित

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति रामकृष्ण बरालले महिलामाथि हुने विभेद अन्त्य गरिनुपर्ने बताउनु भएको छ ।

मानव अधिकार तथा शान्ति समाज झापाले बुधबार चारआलीमा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै समाजका केन्द्रीय सभापति बरालले समाजिक क्षेत्रमा महिलामाथि भइरहेको विभेद अन्त्य गर्न सबै लाग्नु पर्ने बताउनु भएको हो ।

उहाँले राजनीतिक क्षेत्रमा पनि महिला सहभागिता कागजमा मात्र सीमित रहेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै समाजका पूर्व केन्द्रीय सभापति उत्तम पुडासैनीले समाजले धर्ती जोगाउने अभियान शुरू गरेको बताउनुभयो ।

उहाँले अब आफूले उत्पादन गरेको फोहोरको जिम्मेवारी आफैंले लिनुपर्ने बताउनु भयो ।

अब पनि धर्ती जोगाउने अभियानमा नलागे भावी सन्तानको उमेर समय घट्दै जाने उहाँको भनाइ थियो ।

कार्यक्रममा अन्य केन्द्रीय नेतृत्व तथा झापाका पदाधिकारी तथा पूर्व पदाधिकारीहरूले मन्तव्य राखेका थिए ।

समाजका केन्द्रीय सदस्य ज्ञानेन्द्र निरौलाले समाजले अब गर्ने क्रियाकलाप तथा संगठन विस्तारका बारेमा जानकारी दिनुभयो ।

कार्यक्रम समाजकी झापा अध्यक्ष सुशिला रिजालको सभापतित्वमा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here