माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक भर्चुअल माध्यममा बस्दै


२६ माघ २०७९, बिहीबार ०९:४७ मा प्रकाशित

काठमाडौँ । स्थायी कमिटी बैठकले २२ सदस्यीय पदाधिकारीको टुङ्गो लगाएलगत्तै नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक आज साँझ ५ बजे हुने भएको छ ।

भर्चुअल माध्यमबाट हुने सो केन्द्रीय समिति बैठकका लागि केन्द्रीय सदस्यहरूलाई जुम आइडी दिइएको छ । 

सुरुमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने उक्त बैठकमा पदाधिकारी चयन गरेको तथा स्थायी कमिटी सदस्य र पोलिटब्युरो सदस्यलाई केन्द्रीय विभागको विभागीय जिम्मेवारी तोकेको घोषणा गर्ने कार्यसूची रहेको बुझिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here