टर्कीलाई परेको विपद्‍मा नेपालले सहयोग गर्ने


२५ माघ २०७९, बुधबार १७:३३ मा प्रकाशित
messenger sharing button
linkedin sharing button
sharethis sharing button

काठमाडौं -सरकारले टर्कीमा गएको विनासकारी भूकम्प आएपछि राहत र पुनस्र्थापनाका मेडिकल टीम र अत्यावश्यक सामग्री पठाउने भएको छ ।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको दशौं बैठकले टर्कीलाई परेको विपद्‍मा सरकारले आवश्यक सहयोग गर्ने निर्णय गरेको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टर्की नेपालको असल मित्रराष्ट्र भएकाले नेपालका तर्फबाट सम्भव सहयोग गर्नुपर्ने बताउनुभएको थियो ।

बैठकले आवश्यक तयारी गरेर छिटोभन्दा छिटो मेडिकल टोली, मेडिकल सामग्री, लजिष्टिक सामग्री र टर्कीको वातावरणसँग मिल्ने खाद्य सामग्री पठाउने निर्णय गरेको हो ।

बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, मुख्यसचिव शंकरदास बैरागी, नेपाली सेनाका प्रधानसेनापति लगायत समितिका पदाधिकारीहरु सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here