एमाले उम्मेदवारलाई राष्ट्रपति बनाए संविधाननै दुर्घटनामा पर्ने कांग्रेसका महामन्त्री थापाको दावी


२५ माघ २०७९, बुधबार १५:१५ मा प्रकाशित

झापा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले उम्मेदवारलाई राष्ट्रपति बनाए संविधान नै दुर्घटनामा पर्ने खतरा हुने बताउनुभएको छ । बुधबार काठमाडौंमा लोकतन्त्र संवाद केन्द्रले आयोजना गरेको आजको नेपाली राजनीति र लोकतान्त्रिक संस्करणको सवाल बिषयक बिचार गोष्ठिमा थापाले एमाले उम्मेदवारलाई राष्ट्रपति बनाए कठपुतली राष्ट्रपति हुने र संविधान नै दुर्घटनामा पर्ने खतरा हुने बताउनुभएको हो ।

उहाले एमालेले प्रस्ताव गर्ने राष्ट्रपतिको उम्मेदवारलाई हराउने र आफ्ना उम्मेदवारको पक्षमा भोट माग्ने बताउनुभयो । थापाले पाँच बर्षका लागि गठबन्धन भनेर गएका दलले प्रधानमन्त्रीको बहानामा गठबन्धन जोगाउन नसक्नुमा जनतासामू क्षमा माग्नुपर्ने धारणा राख्नुभयो ।

उहाले पुस १० गते एमालेले कांग्रेसलाई धोका दिएको आरोप लगाउनुभयो । महामन्त्री थापाले रास्वपालाई कल्पना गरे भन्दा बढि मत जनताले दिएको भन्दै सरकारमा जानु र बाहिरिनुको जवाफ जनतालाई दिनुपर्ने उल्लेख गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here