विप्लव र ओलीबीच भेटवार्ता, के भयो कुराकानी ?


२४ माघ २०७९, मंगलवार ११:०० मा प्रकाशित

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

बाल्कोटस्थित ओली निवासमा सोमबार बेलुका दुई नेताबीच भेटवार्ता भएको हो । भेटमा नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा पनि सहभागी हुनुहुन्थ्यो । 

नेकपा स्रोतले दिएको जानकारी अनुसार भेटका क्रममा मुलुकको पछिल्लो राजनीतिक अवस्था, नेपालमा कम्युनिस्ट पार्टी र शक्तिहरूको नयाँ आधारमा धुर्वीकरणको आवश्यकता र तत्कालीन ओली नेतृत्वको सरकारसँग भएको तीन बुँदे सहमतिलगायत विषयमा छलफल भएको हो ।

महासचिव विप्लवले ओलीसँग तीन बुँदे सहमतिअनुसार नेता कार्यकर्ताहरूको रिहाइ र मुद्दा फिर्ताबारे चासो राख्नुभएको थियो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here