लडेर पाँचथरमा दुई जनाको मृत्यु


२४ माघ २०७९, मंगलवार ११:१७ मा प्रकाशित

झापा । भीर र रुखबाट लड्दा सोमबार साँझ पाँचथरको फिदिमका दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा फिदिम–१३ लुङरुपाका ३८ वर्षीय मनोज नेम्वाङ र कुम्मायक ३ का ३९ वर्षीय गजेन्द्र सम्बाहाम्फे रहनुभएको छ । नेम्वाङको भीर र सम्बाहाम्फेको रुखबाट लडेर ज्यान गएको हो । नेम्वाङ फिदिम ७ को नाङलापामा भीरबाट लड्नुभएको थियो ।

त्यस्तै सम्बाहाम्फेको घाँस काट्ने क्रममा फिदिम–५ मा रुखबाट लड्नुभएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । पोस्टमार्टमका लागि पाँचथर अस्पताल ल्याएर मंगलबार आफन्तलाई बुझाइएको पनि प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here