विषयगत शिक्षक अभावमा पढाइ नभएको भन्दै विद्यार्थी आन्दोलित


२२ माघ २०७९, आईतवार १५:५६ मा प्रकाशित

धनुषाको । बटेश्वर गाउँपालिका वडा नं. १ स्थित लक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित भएका छन् ।

विषयगत शिक्षक अभावमा तीनवटा विषयको पढाइ ६ महिनादेखि नभएको भन्दै विद्यार्थीहरु आइतबार आन्दोलनमा उत्रेका हुन् ।

उनीहरुले प्रदर्शन गर्दै वडा नं. १ कार्यालय घेराउको साथै तोडफोडसमेत गरेका छन् ।

वडा कार्यालय घेराउ गर्न पुगेका विद्यार्थीले कार्यालयमा वडाध्यक्ष अशोककुमार महतोलगायत जनप्रतिनिधि नदेखेपछि वडा कार्यालयमा तोडफोड गरेका हुन् ।

कार्यालय अगाडि सडक अवरुद्ध गरि केहीबेर टायर बालेर प्रदर्शन समेत गर्दै उनीहरुले शिक्षकको माग गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here