रास्वपाद्वारा आजको संसद् बहिष्कार


२२ माघ २०७९, आईतवार १४:४९ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टीले आजको प्रतिनिधिसभा बैठक बहिष्कार गरेको छ ।

दिउँसो १ बजेबाट जारी प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसद अनुपश्चित भएका हुन् ।

उनीहरू केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा सहभागी छन्।

सरकारबाट बाहिरिने कि सरकारमा रहने भन्ने विषयमा रास्वपाले आज अन्तिम निर्णय गर्दै छ ।

सोहीअनुसार उनीहरू छलफलमा जुटेका हुन्।

स्रोतका अनुसार हिजो राति बसेको आकस्मिक बैठकले अघोषित रूपमा आजको संसद् बैठक बहिष्कार गर्ने निर्णय गरेको थियो ।

रास्वपाबाट इन्दिरा राना उपसभामुख बनेसँगै प्रतिनिधिसभामा रास्वपाका १८ सांसद रहेका छन्।् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here