आफूलाई निर्वाचित घोषणा गर्न माग गर्दै उमेश श्रेष्ठले दिए निर्वाचन आयोगमा निवेदन


२२ माघ २०७९, आईतवार १३:५८ मा प्रकाशित

आइतबार निर्वाचन आयोग पुगेर श्रेष्ठले निवेदन दिदै आफूलाई निर्वाचित घोषणा गर्न माग गर्नु भएको छ ।

उहाँ मंसीर ४ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा चितवन–२ बाट रवि लामिछानेसँग पराजित हुनु भएको थियो ।

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता नलिएका कारण सर्वोच्च अदालतले लामिछानेको सांसद पद खारेज गरेको थियो ।

उहाँ नेपाली नागरिकता नलिएका कारण प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुन अयोग्य रहेको सर्वोच्चको ठहर थियो ।

त्यसैलाई आधार बनाएर श्रेष्ठले निर्वाचन आयोगमा निवेदन दिनु भएको हो ।

लामिछाने उम्मेदवार हुन अयोग्य रहेको सर्वोच्चले ठहर गरिसकेकाले अब आफूलाई स्वतः प्रतिनिधि सभा सदस्य निर्वाचित भएको घोषणा गर्नुपर्ने श्रेष्ठले माग गरेका गर्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here