गायक प्रमोद खरेलको कन्सर्टमा भागदौड मच्चियो, ३२ जना घाइते, केहीको अवस्था गम्भीर


१५ माघ २०७९, आईतवार ०८:०१ मा प्रकाशित

धनकुटा । धनकुटा महोत्सवको सांगितिक कार्यक्रममा भीडमा भागदौड मच्चिँदा ३२ जना घाइते भएका छन् ।

घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर भएको बताइएको छ ।

घाइतेको धनकुटा अस्पतालमा उपचार हुन नसकेपछि धरानको बिपी कोइराला अस्पताल पठाइएको छ । 

कार्यक्रमस्थलमा खरेलले गीत गाइरहँदा भागदौड मच्चिएको थियो ।

कार्यक्रममा आयोजकले टिकटविनाका दर्शकलाई कार्यक्रममा छिर्न नदिएपछि भागदौड मच्चिएको थियो । अहिले त्यस ठाउँको अवस्था सामान्य भइसकेको धनकुटाका प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिनुभयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here