सर्वहारा श्रमीक वर्गको एउटै पार्टी नबनाएसम्म देशमा क्रान्ति सम्भव छैनः झलनाथ खनाल


४ जेष्ठ २०८२, शनिबार १५:२८ मा प्रकाशित


काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले सर्वहारा श्रमीक वर्गको एउटै पार्टी नबनाएसम्म देशमा क्रान्ति सम्भव नरहेको बताउनुभएको छ ।


शनिवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा आयोजित मदन—आश्रित स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आजको अन्तरबिरोधलाई चिरेर सही ढंगले निक्र्यौल गर्न जरुरी रहेको बताउनु भयो ।

कुनैपनि देशमा सर्वहारा श्रमीक वर्गको एउटै पार्टी नबनेसम्म क्रान्ति गर्न सम्भव नरहेको उहाँको भनाइ छ । आजका अवस्थामा आफूहरुको निशाना को हो ? कसका बिरुद्ध समाजवादी क्रान्ति गर्छौं नेपालमा ? भन्नेकुरालाई स्पष्ट पारेर समाजवादी क्रान्तिलाई सम्पन्न गर्नुपर्ने बताउनु भयो ।

त्यसका लागि कम्युनिष्ट पार्टीलाई अझ बढी सही वैचारिक राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तको आधारमा एकतावद्ध बनाउनुपर्ने आवश्यकता रहेको बताउनु भयो । साना—साना राजनीतिक दलहरु खोलेर सानो—सानो कसौँडीमा दाल पकाएर खाने खालको अवस्था बनेको भन्दै यसलाई तोड्नुपर्ने बताउनु भयो । 


पूर्वप्रधानमन्त्री खनालले मदन भण्डारीका योगदानको समीक्षा गर्न आँट गर्नुपर्ने बताउनु भयो । दक्षिणपन्थी अवसरवादी चिन्तनहरुलाई परास्त गर्दै हामीले क्रान्तिकारी कार्यदिशा, नीति र सिद्धान्तको आधारमा हाम्रो देशको समाजवादी क्रान्तिको रुपान्तरण अघि बढाउनुपर्ने बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here