एमालेको नेतृत्वमा सरकार रहँदासम्म प्रतिगमन सम्भव छैन, चर्को मूल्य चुकाउनुपर्छः प्रधानमन्त्री ओली


४ जेष्ठ २०८२, शनिबार ११:१९ मा प्रकाशित


काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको नेतृत्वमा सरकार हुँदाहुँदै कुनै प्रकारको प्रतिगमन सम्भव नरहेको बताउनुभएको छ ।


शनिवार मदन—आश्रित स्मृति दिवसको कार्यक्रमलाई बल्खुमा सम्बोधन गर्दै उहाँले एमाले सरकारमा रहँदासम्म प्रतिगमन सम्भव नरहेको जिकिर गर्नुभएको हो । उहाँले एमालेले प्रतिगमनलाई सम्भव हुन नदिने बताउनु भयो । अरुको नेतृत्वमा विगतमा सम्भव भएपनि आफू नेतृत्वमा रहँदासम्म प्रगिमन नसोचे हुने प्रधानमन्त्री ओलीको चेतावनी छ ।

प्रतिगमन सोचे मात्रै पनि ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिँदै प्रधानमन्त्री ओलीले प्रतिगमनका निम्ति कोशिस नगर्न आग्रह गर्नुभयो । राज्यका निम्ति कहिल्यै पनि प्रतिगमन स्वीकार्य हुन नसक्ने उहाँको भनाइ छ । नेपालमा कुनै प्रतिगनको लागि ठाउँ खालि नरहेको बताउनु भयो । प्रतिगमनकारीहरुले असफल हुने र चर्को मूल्य चुकाउने बाहेक केही नहुने उहाँको चेतावनी छ । 


प्रधानमन्त्री ओलीले जनताको बहुदलीय जनवादको मान्यतामा आफूहरु अघि बढेको र त्यो कुरा लेनिनवाद र माक्सवादले सिकाएको जिकिर गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here