फागुन २८ भित्र राष्ट्रपतिको चुनाव नगरे देशमा अनिष्ट हुन्छः कांग्रेस नेता कोइराला


१४ माघ २०७९, शनिबार १३:३८ मा प्रकाशित

काठमाडौं । कांग्रेस नेता डा. शेखर कोइरालाले आगामी फागुन २८ भित्र राष्ट्रपतिको चुनाव नगरे देशमा अनिष्ट हुने बताउनु भएको छ ।

विराटनगरमा नेपाल प्रेस युनियनको प्रदेशको पहिलो अधिवेशन उद्घाटन गर्दै कोइरालाले कुनै पनि बहानामा राष्ट्रपतिको चुनाव पछाडि धकेल्न नहुने बताउनुभएको हो ।

‘राष्ट्रपतिको निर्वाचन पछाडि सार्नेगरी इफ, बट केही पनि स्वीयकार्य छैन’, कोइरालाले भन्नुभयो, ‘फागुन २८ गतेभित्र राष्ट्रपतिको चुनाव नगरिए देशमा अनिष्ट हुन्छ ।’

राष्ट्रपतिको चुनाव कांग्रेसको प्राथमिकतमा रहेको भन्दै कोइरालाले पार्टीले उम्मेदवारी दिने पनि प्रस्ट पार्नुभयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here