विपक्षी दलहरुलाई ओलीको चेतावनीः ज्यादती अब सह्य हुँदैन,संसद चल्छ


२० जेष्ठ २०८२, सोमबार १५:३३ मा प्रकाशित


काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विपक्षी राजनीतिक दलहरुको ज्यादती अब सह्य नहुने चेतावनी दिनुभएको छ । 


संसदीय दलको बैठकमा सोमवार बानेश्वरमा सांसदहरुलाई प्रशिक्षित गर्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो । उहाँले अहिले केही नपाएर अब गृहमन्त्री रमेश लेखकको राजीनामा मागिएको बताउनु भयो ।

उहाँले गृहमन्त्रीमाथि कुनै तथ्य, प्रमाण नरहेको भएपनि एउटा कर्मचारीलाई अख्तियारले बोलाएर सोध्यो भनेको भरमा राजीनामा मागेर संसद अवरुद्ध गर्न नहुने बताउनु भयो । गृहमन्त्रीमाथि रिस उठेको भरमा राजीनामा मागेर राजीनामा नआउने बताउनु भयो । मंगलवारको संसदमा विपक्षी राजनीतिक दलहरुले विरोध जनाएपछि कारबाही अघि बढ्ने बताउनु भयो । 


अध्यक्ष ओलीले विपक्षी दलहरुले संसद र सडकमा वितण्डा खडा गरेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here