सरकारसहित १२ जनाविरुद्ध आचार्यकी श्रीमतीले दिइन् जाहेरी


१३ माघ २०७९, शुक्रबार १२:५७ मा प्रकाशित

काठमाडौं । इलामको सूर्योदय नगरपालिका–११ का ३७ वर्षीय प्रेमप्रसाद आचार्यले माघ १० गते नयाँ बानेश्वरस्थित संसद् भवनअगाडिको सडकमा आत्मदाह गर्नुअघि सामाजिक सञ्जाल फेसबुकमा नाम उल्लेख गरेका व्यक्ति र कम्पनीविरुद्ध आत्माहत्या दुरुत्साहनमा जाहेरी दर्ता भएको छ।

बिहीबार काठमाडौं प्रहरी परिसर, टेकु पुगेर आचार्यकी श्रीमती नानुका अधिकारीले उनीहरूविरुद्ध जाहेरी दिएको जानकारी अधिवक्ता स्वागत नेपालले दिनु भयाे ।श्रीमती नानुका अधिकारीले फेसबुकबाट उतारेर प्रमाणका आधारमा १२ जना कसूरदारहरू रहेको किटानी जाहेरी पेस गरिएको थियो।

कसूरदार क्याथफोर्ड इन्टरनेसनल कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, बालकुमारी र सान इन्टरनेसनल कलेज, नक्सालले विद्यार्थीलाई टुर प्याकेजमा लैजाँदा पाउनुपर्ने १ लाख ७५ हजार रूपैयाँ तथा अर्को ९० हजार रूपैयाँ, सुजुकी सोरुम, थापाथलीले डाउन पेमेन्टमा किनेको गाडी फिर्ता लगेर ४ लाख रूपैयाँ नदिएको, इलाम सूर्योदय नगरपालिका–११ का तत्कालीन वडाध्यक्ष टेकबहादुर राईको साङपाङ डेरी, बजार पठाउनुपर्ने घिउ नौ महिनासम्म गोदाममा राखेर फिर्ता लिन दबाब दिर्ने डा उपेन्द्र महतो, डा समताप्रसाद र नेपाल ग्रामोध्योग कम्पनीबाट अन्दाजी २ लाख रूपैयाँ, अन्तिम समय अडरको घिउ नलिने पवन गोल्यान र गोल्यान एग्रोबाट ८ लाख ८० हजार रूपैयाँ रकम भुक्तानी हुन बाँकी रहेको जाहेरीमा उल्लेख गरिएको छ।

त्यस्तै अनिल बस्नेत, मेट्रो तरकारी डटकम र नेप एक्सप्रेस युएईबाट २५ हजार रूपैयाँ, डाबर नेपाल र शंकर पन्तबाट ३० हजार रूपैयाँ, ५ वर्षको करार ६ महिनामा भंग गर्ने कन्याम इनबाट १० लाख रूपैयाँ, झापा धुलाबारीका अनिल भेटवालबाट ५ लाख ५० हजार रूपैयाँ, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ र नेपाल सरकारविरुद्ध जाहेरी दिइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here