गृहमन्त्री लामिछानेको नागरिकता विवादबारे बहस सकियो, आजै फैसला आउनसक्ने


१३ माघ २०७९, शुक्रबार १३:३९ मा प्रकाशित

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस सकिएको छ।

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा शुक्रबार भएको मुद्दाको बहस सकिएको हो।

शुक्रबार विवादको अन्तिम सुनुवाई भएकाले आजै फैसला आउने संभावना छ। तर फैसला आउने/नआउने सम्बन्धमा न्यायाधीसहरूले केही जानकारी दिएका छैनन्।

यसअघि गत बुधबार सुनुवाइ नसकिएपछि आजका लागि ‘हेर्दाहेर्दै’मा राखिएको थियो। अन्तिम सुनुवाइपछि रविको तर्फबाट जवाफी बहस सकिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here