सत्यको बाटोमा हिँड्न एमाले अध्यक्ष ओलीद्वारा कार्यकर्तालाई निर्देशन


११ माघ २०७९, बुधबार १५:२१ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यकर्ता तथा नेतालाई सत्यको बाटोमा हिँड्न निर्देशन दिनुभएको छ । 

एमालेको स्कूल विभागले आज आयोजना गरेको विशेष अनुशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले जो मान्छेले चलाखीले व्यक्तिगत लाभ लिन्छ त्यो राजनीतिमा सफल नहुने धारणा राख्नुभयो । उहाँले त्यस्ता मान्छेलाई समाजले नसम्झिने बताउनुभयो ।

ओलीले भन्नुभयो, ‘कार्यकर्ता नमूना हुनुपर्छ र आदर्श हुनुपर्छ अनि मात्र जनताले पत्याउँछ । चलाखीले व्यक्तिगत चाहना पुरा गर्ने होइन, निष्ठाले देशको सेवा गनुपर्छ ।’ ‘एमालेपन भनेको अनुशासन ढंगले अगाडि बढ्नु हो, कहीं कतै अनुशासन उल्लघंन भएको भए त्यो व्यक्तिगत कुरा हो, त्यसको जिम्मेवारी त्यो व्यक्ति नै हो यदि पार्टीलाई जोडेर संस्थागत भ्रष्टाचार गरिएमा त्यसलाई पार्टीले कारवाही गर्छ’ ।

समाजले स्वीकार नगरेका कामहरु गर्दा मान्छे समाप्त हुने उहाँको भनाइ थियो । ओलीले भन्नुभयो, ‘संविधान र कानुनले निषेध गरेका कामहरु गर्दा मान्छे समाप्त हुन्छ, सत्यसँग नलड्नुस्, शक्तिसँग नझुक्नुस् ।’ 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here