इलाम- २ बाट निर्वाचित सांसद सुहाङले आज शपथ ग्रहण गर्दै


२६ बैशाख २०८१, बुधबार १०:५६ मा प्रकाशित

काठमाडौं । इलाम – २ बाट उपनिर्वाचनमा निर्वाचित भएका नेकपा एमाले सांसद सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्दैछन् ।

सभामुख देवराज घिमिरेले आज बिहान ११ बजे नेम्वाङलाई शपथ खुवाउँदै प्रतिनिधि सभा सदस्यको लोगो लगाएर सांसदको रूपमा जिम्मेवारी दिने छन् ।

शपथ ग्रहणको कार्यक्रम कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहलमा हुने छ ।

यही वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा नेम्वाङ विजयी भएका थिए । नेपाली कांग्रेसका डम्बर खड्कालाई ५८३० भोटले पछि पार्दै सुहाङले प्रतिनिधिसभा सदस्यको यात्रा तय गरेका हुन् ।

सुहाङले २७ हजार ७७२ भोट पाउँदा कांग्रेसका खड्का २१ हजार ९४२ भोटमा रोकिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here