भारतविरुद्ध ब्याटिङ गर्दै इंग्ल्यान्ड


१५ असार २०७६, आईतवार १५:२७ मा प्रकाशित

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत आइतबार भारतविरुद्धको खेलमा इंग्ल्यान्डले टस जितेर ब्याटिङ  रोजेको छ । बर्मिंघमस्थित क्रिकेट मैदानमा हुने खेलमा टस हारेको भारत घरेलु टोलीविरुद्ध फिल्डिङ गर्दैछ ।

आजको खेलमा भारत अपराजित रहँदै सेमिफाइनल पुग्ने लक्ष्यमा रहेको छ भने इंग्ल्यान्ड भारतलाई रोक्दै आफ्नो सेमिफाइनल यात्रा जीवित राख्न चहान्छ ।

यसअघिका २ खेलमा लगातार हार व्यहोरेको इङ्ग्ल्यान्डका लागि आजको खेल जित्नैपर्ने दबाव पनि छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here