श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान झापाबाट पक्राउ


२८ पुष २०७९, बिहीबार १४:०६ मा प्रकाशित

झापा । झापाको अर्जुनधारा नगरपालिका ९ बाट श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अर्जुनधारा ९ स्थितमा डेरा गरी बस्दै आएका अरुण गाँउपालिका १ भोजपुरका ३५ का बिश्वराज घिसिङ रहनुभएको छ ।

घिसिङले मंगलबार बेलुकी ३६ बर्षीया श्रीमती प्रमिला भुजेलले खाना नपकाएको कारण सामान्य वादबिवादको क्रममा कुटपिट गर्नुभएको थियो ।

श्रीमानको कुटाईबाट उहाँको घटना स्थलमा नै मृत्यु भएको थियो ।

श्रीमतीको हत्या गर्ने श्रीमानलाई इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here