मधेशमा शिक्षक दरबन्दी बढाउन माग गर्दै जनकपुरमा आम विधार्थी मोर्चाको प्रदर्शन


२५ बैशाख २०८१, मंगलवार १७:०९ मा प्रकाशित

काठमाडौं । बिधार्थीको अनुपातका आधारमा शिक्षक दरबन्दीको ब्यवस्था गर्न माग गर्दै पूर्व मन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)को विधार्थी संगठन आम बिधार्थी मोर्चा आज धनुषामा बिधार्थी र अभिवावकहरुले प्रदर्शन गरेका छन् ।

बिधार्थीको अनुपातका आधारमा शिक्षक दरबन्दीको ब्यवस्था गर्न आजपाले लामो समयदेखि आवाज उठाउँदै आएको छ । पटक पटकको प्रदर्शन र विभिन्न निकायमा बुझाएको ज्ञापनपत्रले पनि काम नगरेपछि आजपाले सडक आन्दोलनलाई निरन्तरता दिईरहेको छ ।

आजपाले दिएको जानकारी अनुसार धनुषा जिल्लामा १ लाख ८३ हजार बिधार्थी संख्या रहेको छ । त्यहाँ मौजुदा शिक्षक जम्मा २ हजार ५ सय मात्र छ । ५० बिधार्थीको अनुपातमा शिक्षक दरबन्दी ३६७१ हुनुपर्ने हो अर्थात् शिक्षक दरबन्दी ११५० अपूग देखिन्छ ।

यसरी शिक्षा ऐन विपरीत शिक्षक दरबन्दी वितरण गरि बिधार्थीको भविष्य संग खेलवाड गर्नेलाई कारवाही गर्न र उक्त असमान वितरण खारेज गर्न बिधार्थी र अभिवावकहरु आन्दोलित भएको आम जनता पार्टीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here