झापा । अघिल्लो वर्षको तुलनामा धान उत्पादनमा वृद्धि भए पनि देशको राष्ट्रिय आवश्यकता धान्न अझै करिब चार लाख ८० हजार मेट्रिक टन चामल कमी हुने देखिएको छ ।
नेपालमा चामलको राष्ट्रिय आवश्यकता करिब ४० लाख मेट्रिक टन रहेकामा ३५ लाख २० हजार मेट्रिक टन आन्तरिक उत्पादनबाट उपलब्ध हुने अनुमान छ ।
पछिल्लो वर्षमा धानको समग्र राष्ट्रिय उत्पादन बढेको तथा चामलको आयात घटको अवस्थामा पनि यस परिमाणको चामल कमी हुने देखिएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।
चामलको उपभोग करिब एक सय २१ केजीप्रति व्यक्ति प्रतिवर्ष हुने देखिन्छ ।
यस हिसाबले चामलको आवश्यकता करिब ४० लाख मेट्रिक टन चामल रहने देखिन्छ ।
अघिल्ला आर्थिक वर्षको तुलनामा आव २०७८/८९ मा धान कनिकाको आयात भने करिब चार अर्ब अर्थात् ६ दशमलव ३ प्रतिशतले घटेको थियो ।
गएको आर्थिक वर्ष २०७८/७९ को तुलनामा यस आवमा धानको समग्र क्षेत्रफलमा दुई प्रतिशतले कमी आएको देखिएको छ भने उत्पादनमा ६ दशमलव ९४ प्रतिशतको वृद्धि भएको छ ।