झापा । डेरी व्यवसायीहरूले बढाएको दुधको मूल्य फिर्ता भएको छ ।
राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य वृद्धि स्थगित भएको जनाएको हो ।
कृषि मन्त्रालयका सचिव एवम् राष्ट्रिय दुग्ध विकास बोर्डका उपाध्यक्ष डा. गोविन्दप्रसाद शर्मासहित सरोकारवाला निकायहरुको बैठकले हालै दूधमा गरिएको मूल्यवृद्धि स्थगित गर्ने निर्णय गरेको हो ।
बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादवले दूधको उत्पादन लागत मूल्य, बजार मूल्यको वृद्धि तथा उपभोक्ताको क्रयशक्तिसमेतको वैज्ञानिक तवरबाट यथाशीघ्र अध्ययन गरी मूल्य समायोजन गरिने बताउनुभयो ।
केही डेरी र दूध उद्योगहरुले यही पुस १६ गतेदेखि लागू हुने गरी दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँ वृद्धि गरेका थिए ।