काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न मन्त्रालयका सचिवहरूको बैठक बोलाउनु भएको छ ।
उहाँले बिहान ११ बजे सिंहदरबारमा मन्त्रालयका सचिवहरूको बैठक बोलाउनु भएको हो ।
प्रधानमन्त्री सचिवालयका अनुसार बैठकमा मन्त्रालयको अवस्थाबारे जानकारी लिने र प्रभावकारी ढंगले काम गर्न निर्देशन दिने गरी छलफल गर्न लागिएको हो ।
१० पुसमा प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका प्रचण्डले सचिवहरूसँग छलफल गर्न लागेको यो पहिलोपटक हो ।
शपथ ग्रहणलगत्तै उहाँले आफ्नो कार्यकाल देश निर्माणमा खर्चिने बताउनु भएको थियो ।






