गृहमन्त्री लामिछानेद्वारा सिडियो तथा जिल्ला सुरक्षा प्रमुखहरूको बैठक आह्वान


१८ पुष २०७९, सोमबार ०५:०६ मा प्रकाशित

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले ७७ वटै प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा प्रमुखको संयुक्त बैठक बोलाउनु भएको छ ।

सोमबार बिहान ९ बजे भर्चुअल बैठक डाकिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीका साथै जिल्ला सुरक्षा समितिमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सहभागी हुने गृहमन्त्री लामिछानेका प्रमुख सचिव दिपक बोहोराले जानकारी दिनुभयो ।

उनका अनुसार बैठकमा आम नागरिकले सरकारी सेवा लिन भोगिरहेको असुविधा, शान्ति सुरक्षा, बजार अनुगमन र भ्रष्टाचार लगायतका विषयमा छलफल हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here