युगान्डामा नयाँ वर्ष मनाउने क्रममा भागदौड हुँदा नौ जनाको मृत्यु


१७ पुष २०७९, आईतवार १९:४३ मा प्रकाशित

युगान्डाको राजधानी कम्पालामा नयाँ वर्षको अवसरमा आयोजित कार्यक्रममा भागदौड हुँदा कम्तीमा नौ जनाको ज्यान गएको छ भने अन्य थुप्रै घाइते भएका छन् । प्रहरीका अनुसार नयाँ वर्षमा राजधानी कम्पालाको एक शपिङ मलमा आयोजित सङ्गीत कार्यक्रममा सहभागी भएका कैयौँ किशोरी भागदौडमा घाइते भएका थिए । यो घटना मध्यरातमा भएको थियो । कार्यक्रमका उद्घोषकले उपस्थित व्यक्तिलाई आतिशबाजी गर्न प्रोत्साहित गरेपछि भागदौड भएको थियो । प्रदर्शन सकिएपछि भागदौड भएको पाँच जनाको घटनास्थलमै ज्यान गएको थियो भने अन्य थुप्रै घाइते भएका थिए । अन्य केहीको उपचारका क्रममा ज्यान गएको थियो । कोभिड–१९ को दुई वर्षे प्रतिबन्धपछि विश्वका अन्य देशमा जस्तै युगान्डामा पनि नयाँ वर्षको उत्सव मनाउने क्रममा यो घटना भएको प्रहरीले विज्ञप्तिमा भनेको छ । यसबारेमा अनुसन्धन गरिने प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here