संघीय संसद् सचिवालयले बोलायो पुस २२ गतेका लागि सर्वदलीय बैठक


१८ पुष २०७९, सोमबार ०५:२६ मा प्रकाशित

काठमाडौं । संघीय संसद् सचिवालयले पुस २२ गते सर्वदलीय बैठक आह्वान गरेको छ ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले २२ पुसमा सर्वदलीय बैठक आह्वान गर्नु भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले २५ पुसमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नु भएको छ । सोही कारण बैठक सञ्चालन, प्रतिनिधिसभा बैठकमा दलहरूले बोल्न पाउने समय बाँडफाँडका विषयमा छलफल गर्न राणाले २२ पुसमा बैठक बोलाउनु भएको हो ।

हालै सम्पन्न निर्वाचनमा प्रतिनिधिसभामा १२ वटा दलको प्रतिनिधित्व भएको छ ।

यस्तै, पाँचजना स्वतन्त्र सांसद विजयी भएका छन् । सातवटा दल मात्र राष्ट्रिय पार्टी बनेका छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here