काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खेलकुदमा जस्तै राजनीतिमा पनि फउल गरे रेड कार्ड नै दिएर आउट गर्नुपर्ने बताउनुभएको छ ।
मदन भण्डारी स्पोर्टस एकेडेमीको स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले खेल लगाएत सवै ठाँउमा अनुशासनको आवश्यकता रहेको भन्दै फउल गरे राजनीतिमा समेत रेड कार्ड नै दिएर आउट गर्नुपर्ने बताउनुभएको हो ।
उहाँले शिक्षा र स्वास्थ्यको आवश्यकतासंगै समाजमा अनुशासनको पनि आवश्यकता रहेको धारणा राख्नुभयो । अनुशासन र नियममा चल्न नसके केहि पनि रहन नसक्ने उहाको भनाइ छ । उहाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्नका लागि आफुले सरकारसंग आग्रह गर्ने बताउनुभयो ।
ओलीले अझै पनि खेलकुदमन्त्री आउन अझै १०–१५ दिन लाग्न सक्ने जिकिर गर्नुभयो ।
कार्यक्रममा ओलीले केहिबेर टेबल टेनिस खेल्नुभएको थियो भने खेलाडीहरुले बिभिन्न कलाकौशल प्रस्तुत गरेका थिए ।