एकीकृत समाजवादी बैठकः सरकारमा जान हतार गर्न नहुने स्थायी कमिटी सदस्यहरुको सुझाव


१७ पुष २०७९, आईतवार १५:४० मा प्रकाशित

काठमाडौं । नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्यहरुले सरकारमा जान हतार गर्न नहुने सुझाव दिएका छन् ।

पार्टी कार्यालय तीनकुनेमा जारी बैठकमा उनीहरुले सरकारलाई समर्थन गर्ने कुरा फरक भएपनि सरकारमा जान हतार गर्न नहुने सुझाव दिएका हुन् ।

प्रधानमन्त्रीले सरकारलाई समर्थन गर्न आग्रह गरेपनि औपचारिक पत्र नआएसम्म सरकारलाई समर्थन गर्न नसकिने धारणाहरु आएको उपमहासचिव गंगालाल तुलाधरले बताउनुभयो ।

त्यस्तै यसअघि कै सहकार्यमा रहेका दलहरु मध्ये प्रचण्ड नै नयाँ सरकारको नेतृत्वमा पुगेकाले समर्थन दिन उपयुक्त हुनेमा पनि केहि सदस्यहरुको जोड रहेको उहाँले बताउनुभयो । त्यस्तै तुलाधरले पार्टी एकताका सवालमा चलेका चर्चाहरु एमालेका केहि नेताहरुले चलाएको र भ्रममा पर्न नहुने धारणा राख्नुभयो । उहाँले अहिले एकताका प्रयासहरु नै नभएको स्पष्ट पार्नुभयो ।

बैठकमा राष्ट्रिय राजनीतिका साथै पार्टीलाई सशक्त बनाउने बिषयमा छलफल भइरहेको उहाँले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here