काठमाडौं । २५ पुसमा बस्ने संसदको पहिलो बैठकको एजेन्डा तय गर्न सर्वदलीय बैठक आह्वान गरिएको छ । संसदका जेष्ठ सदस्य पुशपति शमशेर जबराले २२ गतेका लागि सर्वदलीय बैठक आह्वान गरेका हुन् । ‘संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएको छ,’ संसद सचिवालयमका सहायक प्रवक्ता दशरथ धमलालले जानकारी दिनुभयाे । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।
संसदको पहिलो बैठकको एजेन्डा तय गर्न सर्वदलीय बैठक आह्वान
१७ पुष २०७९, आईतवार १८:०३ मा प्रकाशित