झापा । दारी ग्याङ झापाको जिल्ला सम्पर्क कार्यालय अर्जुनधारा-६, माता मन्दिर नजिक उद्घाटन गरिएको छ।
पुस १७ गते बिहान एक कार्यक्रमका बीच कार्यालय उद्घाटन गरिएको हो।
दारी ग्याङ झापाका अध्यक्ष गोकुल पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा दारी ग्याङ संस्थापक संयोजम जगदीश भण्डारीको प्रमुख आतिथ्य, दारी ग्याङ प्रदेश नं.१ संयोजक नुतन ढकालको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।
करिब ७ वर्ष अघिबाट सामाजिक कार्यमा सक्रिय दारी ग्याङले समाजका हरेक सामाजिक गतिविधि, युवाहरुको ब्यक्तित्व बिकासलगायतका कार्यमा योगदान पुर्याइरहेको छ।
आगामी दिनमा अझ सशक्त रुपमा दारी ग्याङ झापा सामाजिक गतिविधिमा सक्रिय रहने अध्यक्ष पौडेलले बताएका छन्।