गृहमन्त्री लामिछाने र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता


१६ पुष २०७९, शनिबार १३:०१ मा प्रकाशित

झापा । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ ।

आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेलगत्तै लामिछाने ओलीलाई भेट्न बालकोट पुग्नुभएको हो ।

ओलीसँगको भेटमा मन्त्रालयको भागबण्डाको विषयमा छलफल भएको बताइन्छ ।

सात दलीय गठबन्धनमा मन्त्रालयको भागवण्डाबारे सहमति हुन सकेको छैन । शीर्ष नेताहरुले यस विषयमा परामर्श तीव्र पारेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here