झापा । एमाले माओवादी केन्द्र लगायतका दलहरुको गठबन्धन सरकारमा जाने वा नजाने बारे नेकपा एकीकृत समाजवादीले निर्णय गर्ने भएको छ ।
शनिबार पार्टी कार्यालय बसिररहेको स्थायी कमिटीको बैठकले यसबारे निर्णय गर्ने स्थायी कमिटी सदस्य भबिशोर पराजुलीले जानकारी दिनुभयो ।
जारी बैठकमा वर्तमान समसामयिक विषयमा छलफल भइरहेको छ ।
एमालेसँग एकता हुनेबारे पार्टीमा हालसम्म कुनै छलफल नचलेको र अहिलेको सन्दर्भमा कुनैपनि पार्टीसँग एकता नगर्ने पक्षमा पार्टी रहेको उहाँले बताउनुभयो ।
जारी बैठकमा पार्टी अध्यक्ष माधव नेपालले बैठकका एजेण्डा प्रस्तुत गर्नुभएको छ भने वरिष्ठ नेता झलनाथ खनालले अहिलेको समसामयिक अवस्थाको बारेमा ब्रिफिङ गर्नुभएको छ ।