सुरक्षा पदाधिकारीले कुटनीतिक भेटघाट गर्दा स्वीकृति लिनुपर्ने


१४ पुष २०७९, बिहीबार १३:३८ मा प्रकाशित

झापा । गृह मन्त्रालयले सुरक्षा निकायका पदाधिकारीले कुटनीतिक नियोग, विभिन्न राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्दा विभागीय स्वीकृति लिनुपर्ने निर्देशन जारी गरेको छ ।

मन्त्रालयले आज एक विज्ञप्तिमार्फत त्यस्तो भेटघाट गर्दा विभागीय स्वीकृति लिएर मात्र गर्नुरगराउन हुन तथा त्यसको प्रभावकारी कार्यान्वय तथा अनुगमन सम्बन्धित सङ्गठन प्रमुखले मिलाउन निर्देशन दिएको छ ।
यस निर्देशन विपरीत कार्य गरे गराएको पाइएमा प्रचलित कानुनबमोजिम अनुशासनसम्बन्धी कारबाही हुने विज्ञप्तिमा जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here