उपेन्द्र यादव मधेसमा सरकार गठनको तयारीमा


१४ पुष २०७९, बिहीबार १२:५३ मा प्रकाशित

झापा । जनता समाजवादी पार्टी नेपाल ९जसपा०ले मधेश प्रदेशमा मुख्यमन्त्री पाउने चर्चा चलेसँगै सो पार्टीभित्र आकांक्षीहरुको दौडधुप बढेको छ ।

संसदीय दलको नेता मात्र मुख्यमन्त्री बन्न पाउने प्रावधान रहेकाले नेताहरूबीच संसदीय दलको नेताका लागि हानाथाप भइरहेको छ ।

मधेश प्रदेशको प्रदेश सभा सदस्यमा जितेका नेताहरूले काठमाडौँसम्म पुगेर शीर्ष नेतृत्वलाई दवाव दिन थालेपछि अध्यक्ष उपेन्द्र यादव आफै जनकपुर पुग्नुभएको छ ।

जनकपुर पुग्नुभएसँगै उहाँले पार्टीका नेता तथा कार्यकर्ताहरुसँग छलफल सुरु गर्नुभएको छ ।

यादवले जसपाबाट प्रदेश सभा तथा प्रतिनिधि सभामा चुनाव हारेका नेताहरूसँग हिजो छलफल गर्नुभएको थियो भने आज प्रत्यक्षमा जितेका प्रदेश सभाका सदस्यहरुसँग छलफल गर्दै हुनुहुन्छ ।

यसअघि पनि मधेश प्रदेश सरकारका नेतृत्व जसपाले गरेको थियो । तर सरकारको कामकाज सन्तोषजनक नभएको भन्दै आलोचना हुँदै आएको छ ।

मधेस प्रदेशका एक–एक नेतासँग छलफल गरेर उहाँ निष्कर्षमा पुग्ने तयारीमा रहेको बुझिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here