देउवा र प्रचण्डका कारण पाँच दलीय गठबन्धन टुटेको शेखर कोइरालाको आरोप


१४ पुष २०७९, बिहीबार १२:०० मा प्रकाशित

झापा । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले पाँच दलीय गठबन्धन टुट्नुमा पार्टी सभापति शेरबहादुर देउवा र वर्तमान प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दोष लगाउनुभएको छ ।
बिहीबार बिहान विराटनगरस्थित कोइराला निवासमा स्थानीय सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्नुहुदै नेता कोइरालाले तत्कालीन सत्ता गठबन्धन लामो समयसम्मका लागि बने पनि आफ्ना पार्टी सभापति देउवाको अदूरदर्शिता र माओवादी अध्यक्ष प्रचण्डको प्रधानमन्त्री पदप्रतिको आशक्ति जिम्मेवार भएको आरोप लगाउनुभयो ।

उहाँले सरकारमा नजाँदैमा कांग्रेस खुम्चिने र कमजोर नहुने पनि दाबी गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here