सत्ता गठबन्धन बैठकः ओलीको नेतृत्वमा न्यूनतम साझा कार्यक्रम निर्माण समिति गठन


१४ पुष २०७९, बिहीबार ११:४२ मा प्रकाशित

काठमाडौँ । सत्ता साझेदार दलहरूको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रम निर्माण गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा समिति बनाउने निर्णय गरेको छ ।

बैठकले ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम तय गर्ने पनि निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलहरूको बैठकले प्रत्येक दलबाट न्यूनतम साझा कार्यक्रम बनाउने समितिमा १-१ जना नेताहरूलाई सदस्यको रूपमा जिम्मेवारी दिने गृहमन्त्री रवि लामिछानेले जानकारी दिनुभयो ।

उहाँले मन्त्रिपरिषद् विस्तारका विषयमा पनि सामान्य छलफल भएको जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्मा क्षमताका आधारमा सांसदहरूलाई जिम्मेवारी दिइनेबारे बैठकमा छलफल भएको उहाँको भनाइ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here