काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ ।
मन्त्रिपरिषद्लाई पूर्णता दिने तथा प्रदेश सरकारको नेतृत्वको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बसेको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका शीर्ष नेताहरू बैठकमा सहभागी थिए ।
बैठकमा निष्कर्ष के निस्कियो भन्नेबारे केही खुलाइएको छैन ।