काठमाडौं । महान्यायाधिवक्तामा अधिवक्ता डा. दिनमणि पोखरेल नियुक्त हुनुभएकाे छ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार पोखरेललाई नियुक्त गर्नुभएकाे हाे ।
प्युठानको झिमरुक गाउँपालिका वडा नम्बर ४ का पोखरेललाई प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा १५७ को उपधारा २ बमोजिम गर्नुभएकाे हाे ।