काठमाडौं । उप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राहदानी विभागको अनुगमन गर्नुभएको छ । उहाँ बुधबार अपरान्ह त्रिपुरेश्वरस्थित राहदानी विभागको अनुगमनमा पुग्नुभएको हो ।
राहदानी बनाउने सेवाग्राही रातिदेखि नै लाइनमा लाग्नुपर्ने बाध्यता रहेको भन्दै सरकारको आलोचना भइरहेका बेला उपप्रधानमन्त्री लामिछाने विभागको अनुगमनमा जानुभएको हो ।
उहाँले संचारकर्मी हुँदासमेत राहदानी बनाउने कार्यमा सेवाग्राहीले पाएको सास्तीबारे पटक पटक आवाज उठाउँदै आउनु भएको थियो ।