नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायकरथी कृष्णप्रसाद भण्डारीलाई


१३ पुष २०७९, बुधबार १९:०८ मा प्रकाशित

काठमाडौं । नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायकरथी कृष्णप्रसाद भण्डारीले सम्हाल्नुभएको छ ।

झापा चारआलीस्थित २१ बाहिनीपतिको कार्य जिम्मेवारी पूरा गर्नुभएका उहाँलाई सेनाले सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको प्रमुखमा ल्याएको हो । बुधबार एक वर्षअघि प्रवक्तामा नियुक्त हुनुभएका निवर्तमान प्रवक्ता नारायण सिल्वालले उहाँलाई कमाण्ड बरबुझारथ गरी जिम्मेवारी हस्तान्तरण गर्नुभयो ।

जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा आयोजित कार्यक्रममा प्रवक्ता भण्डारीले सेना र सञ्चार क्षेत्रको कार्य जिम्मेवारी फरक भए पनि दुवैको उद्देश्य राष्ट्र र राष्ट्रवासीको कल्याणको लागि भएको बताउनुभयो ।

निवर्तमान प्रवक्ता सिल्वालले प्रेस जगको निष्पक्ष र वस्तुगत रिर्पोटिङ सेनालाई आफ्नो कर्तव्यपथमा निर्भिक र जिम्मेवार भएर अघि बढ्न तथा सङ्गठनलाई मर्यादा र कर्तव्यबाट विचलित हुन नदिने विश्वास व्यक्त गर्नुभयो ।

सहायकरथी सिल्वाललाई सेनाले काठमाडौँ-तराई-मधेस द्रुतमार्गको अनुगमन तथा समन्वय समितिको अध्यक्षको जिम्मेवारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here