काठमाडौं । नेपाल टी-२० लिगको पहिलो सुपर ओभर खेलमा लुम्बिनी अल स्टार्स विजयी भएको छ । उसले फार वेष्ट युनाइटेडलाई सुपर ओभरमा पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको भएको खेलमा फार वेष्ट र लुम्बिनी अल स्टार्सले समान १३७ रन जोडेपछि खेल सुपर ओभरमा पुगेको थियो ।
जहाँ लुम्बिनीले पहिले ब्याटिङ गर्दै १९ रन बनाउँदा जवाफमा फार वेष्टले १० रन मात्र बनाउन सक्यो ।
त्यसअघि १३८ रनको लक्ष्य पछ्याएको लुम्बिनी अल स्टार्सले २० ओभरमा ९ विकेट गुमाएर १३७ रन बनाएपछि स्कोर बराबरी भएको थियो ।
अन्तिम ओभरमा लुम्बिनीलाई जितका लागि ५ रन चाहिएको थियो । तर फार वेष्टका करण केसीको बलिङमा लुम्बिनीले ४ रन मात्र जोड्न सक्यो ।