झापा । नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोलाले आत्मआलोचना गरे विप्लवसंग सहकार्य हुन सक्ने बताउनुभएको छ ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बास्तोलाले संसदीय राजनीतिमा गएकै कारण बिप्लवलाई कारवाही गरि छुट्टिएको भन्दै आत्मआलोचना गरे सहकार्य गर्न तयार रहेको बताउनुभएको हो ।
तर अहिलेको अवस्थामा बिप्लवले आत्मआलोचना गर्ने नदेखिएको उहाको भनाइ छ ।
त्यस्तै बास्तोलाले हालैसम्पन्न निर्वाचनबाट संसदीय व्यवस्थामाथि जनताको असन्तुष्टि देखिएको बताउनुभयो ।
उहाले नागरिकता विवादबारे सर्वोच्च अदालतमा मुद्दा रहेकै अवस्थामा रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री बनाउन उचित नभएको जिकिर गर्नुभयो ।
मुलुकमा भ्रष्टाचार अन्त्य गर्न जननिर्वाचित न्यायलयको व्यवस्थालाई अंगाल्नुपर्ने उहाको भनाइ छ ।
बास्तोलाले प्रचण्ड प्रधानमन्त्री बनेकोमा आफुहरुको कुनै आक्रोश नरहेको तर संसदीय राजनीतिक प्रणालीबाट समाजवाद नआउने बिषय प्रमुख भएको बताउनुभयो ।
दलाल पूजीबादी व्यवस्था रहेसम्म जनताको हित नहुने उहाको भनाइ छ ।