प्रदेश १ प्रदेशसभाको प्रथम अधिवेशन पुस १७ गते


१२ पुष २०७९, मंगलवार १३:३३ मा प्रकाशित

झापा । प्रदेश नं १ का प्रदेश प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सभाको प्रथम अधिवेशन आव्हान गर्नुभएको छ ।

प्रदेश १ मन्त्रिपरिषद्को सोमबारको बैठकले नवगठित प्रदेशसभाको पहिलो अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

सोहि निर्णय बमोजिम प्रमुख खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको अधिवेशन आव्हान गर्नुभएको हो ।

प्रदेश सभाको प्रथम अधिवेशन पुस १७ गते आइतबार दिनको १ बजेको लागि आव्हान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here