मकैको खोसेल्टाबाट हस्तकलाका सामान बनाउने तालिम बिर्तामोडमा शुरु


१२ पुष २०७९, मंगलवार १४:१७ मा प्रकाशित

झापा । मकैको खोसेल्टाबाट हस्तकलाका सामान बनाउने १५ दिने तालिक झापाको बिर्तामोडमा शुरु भएको छ ।

हस्तकला सीप प्रवर्द्धन कार्यक्रम अन्तर्गत मकैको खोसेल्टाबाट हस्तकलाका सामान बनाउने तालिम शुरु भएको हो । तालिमबाट झापाका महिलाहरू लाभान्वित हुनेछन् । खासगरि महिलामा उद्यमशीलताको विकास गर्नका लागि यस्ता तालिम कोसेढुंगा सावित हुने नेपाल उद्यमशील महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल बिमलीले बताउनुभयो ।

महिलाका लागि लक्षित तालिमबाट घरमै उद्यमी बन्नका लागि प्रेरणा मिल्ने तालिमका प्रशिक्षक तारा थापाले बताउनुभयो । १५ दिनको तालिमबाट झापाली महिलालाई सक्षम उद्यमी बनाउन आफ्नो कोशिस रहने उहाँको भनाइ थियो ।

नेपाल सरकारले प्लास्टिकका फूल बिक्री गर्न प्रतिवन्ध लगाएको अवस्थामा मकैको खोसेल्टाबाट बनेका फूलले बजार लिने व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका महानिर्देशक शरदविक्रम राणाले बताउनुभयो । मकैको खोसेल्टाबाट बनाइएका फूल तथा अन्य सामान धेरै टिक्ने र विदेशसमेत निर्यात गर्न सकिने उहाँको भनाइ थियो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको आयोजना, चेम्बर अफ कमर्श झापाको सह आयोजनामा भइरहेको तालिममा नेपाल उद्यमशील महिला संघले प्रत्यक्ष सहभागिता जनाएको छ ।

तालिमको प्रशिक्षणको जिम्मा आमा हस्तकला तथा प्रशिक्षण केन्द्र ललितपुरले जिम्मा लिएको छ ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here