झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिलेको सत्ता गठबन्धनलाई कायमै राख्नुपर्ने बताउनुभएको छ ।
सत्तामा नयाँ र अनुभवीको संयोजन हुनुपर्ने भन्दै उहाँले यही गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि समेट्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले ट्वीट गरेर आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो ।
कांग्रेस र माओवादी केन्द्रले २,२ वर्ष तथा एकीकृत समाजवादीले एक वर्ष सरकारको नेतृत्व गरेर जानुमै परिपक्कता हुने भन्दै उहाँले त्यसलाई कार्यान्वयनमा पारदर्शिता र एकता जरुरी रहेको बताउनुभयो ।